देउवालाई बधाई दिन बालुवाटारमा शशांक

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला नवनिर्वाचित प्रधान मन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बधाई दिन बालुवाटार पुगेका छन् ।

१४औं महाधिवेशनभन्दा अगाडि इतर पक्षमा रहेका शशांक महाधिवेशन जारी हुँदा देउवाको पक्षमा खुलेको थिए । यसपछि उनी बिहीबार बिहान बालुवाटार पुगेर देउवालाई बधाई दिएका हुन् ।

सभापति चयनको प्रक्रियाअन्तर्गत दोस्रो चरणको मतदान हुँदासमेत शशांकले देउवालाई नै समर्थन गरेका थिए । जबकि— उनका दाइ डा. शेखर कोइराला उनै देउवासँग सभापतिको निर्वाचनमा ९०७ मतले पराजित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *