प्रचण्डकाे कटाक्ष- ‘ओली झुट, बेइमानी र धोकाको अर्को नाम’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति भएको भन्ने आरोप शतप्रतिशत झुट भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उक्त आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।

एमाले अध्यक्ष ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजाबीच पाँच बुँदे सहमति भएको दाबी गरेका थिए । यसपछि बिहीबार बिहान एक प्रेस वक्तव्यमार्फत प्रचण्डले  उक्त आरोप प्रमाणित गर्न नसके ओलीले जनतासँग माफी माग्नुपर्ने समेत बताएका छन् ।

प्रचण्डले भनेका छन्— ‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’,

यस्तै  वक्तव्यमा आजको पूँजीवादको चरित्रबारेकाे विश्लेषण सही रहेको दाबी गर्दै सेयर लगानीकर्ताहरूको हितका पक्षमा आफूहरू रहेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *