कांग्रेस निर्वाचन : शुरू हुँदै महामन्त्रीकाे मतगणना

काठमाडाैँ । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतदानको गणना आज बिहानबाट हुने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार महामन्त्रीमा खसेको मतको गणना बिहान ८ बजेबाट सुरु हुने भएको हो ।

महामन्त्रीमा युवा नेता उम्मेदवार रहेकाले कसले जित्छ भन्ने चासो सबैभन्दा बढी छ । महामन्त्रीमा सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । गगन थापा र मीनेन्द्र रिजाल शेखर कोइरालाको प्यानलबाट छन् । कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा उठेका छन् ।

उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेको भए पनि दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए । कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था रहेको छ ।

आज बिहान सम्पन्न उपसभापति पदको मतगणनामापूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *