कांग्रेस निर्वाचन : गच्छदारले अग्रता लिएपछि पुनः मत गणना गर्न गुरुङको माग

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिको मत गणनाका क्रममा विवाद भएको छ । उपसभापतिका उम्मेदवारका उम्मेदवार विजयकुमार गच्छदारभन्दा अर्का उम्मेदवार धनराज गुरुङ मत गणनामा पछि परेपछि पुनः मत गणनाको माग समेत गरिएको छ ।

धनराजले मतगणनाको सुरुवातीदेखि नै अग्रता लिँदै आएका थिए । ३५५८ मत गणना भइरहँदा गच्छदारले गुरुङलाई पछि राखेको विवरण निर्वाचन समितिले सार्वजनिक गरेको थियो ।

गच्छदारले १४४३ मत ल्याएका छन् भने धनराजले १३३७ मत ल्याएका छन् । धनराजका एजेन्टले गच्छदारले १४३२ मत मात्र ल्याएको दाबी गर्दै पुनः मतगणनाको माग गरेका छन् ।

दुई उपसभापतिका लागि सात जना चुनावी मैदानमा छन् ।मतगणनामा असन्तुष्ट बनेपछि गुरुले पुनः मतगाणनाको माग गरेको हुन् । बुधबार साँझ ७ बजे सुरु भएको मत गणनाको प्रक्रिया अझै लम्बिने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *