कांग्रेस महाधिवेशन

महेश आचार्य भन्छन् – महाधिवेशन नीतिमा केन्द्रित हुन सकेन

काठमाडौँ  । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा उपसभापति पदमा फराकिलो मतान्तरले पछि परेपछि प्रत्याशी महेश आचार्यले महाधिवेशन नीति र विचारमा केन्द्रित हुन नसकेको बताएका छन् ।

उपसभापति पदको मतगणना चल्दै गर्दा उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो महाधिवेशन विचार र नीति बहसमा केन्द्रित हुन् सकेन र हाम्रो सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैँ भयो।’ महेशले स्वतन्त्र रूपमा उपसभापतिमा पदमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *