अपडेट : २८६७ मत गणनामा खड्काकाे १३२१, गुरुङकाे १२६७

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।

अहिलेसम्म परिणाम अनुसार सबैभन्दा बढी धनराज गुरुङले मत ल्याएका छन्। गुरुङले १२६७ मत ल्याएका छन्। अर्का उम्मेदवार चन्द्र भण्डारीले १११५ मत ल्याएका छन् । पूर्णबहादुर खड्काले  १३२१  मत ल्याएका छन्।

यता, विजयकुमार गच्छदारले १२१३ मत ल्याएका छन् ।  गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।

कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्। उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य (२६६मत) , प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह (११२ मत) प्रतिस्पर्धामा धेरै पछाडि छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *