कांग्रेस मतगणना : १३ सय मत गनिसक्दा गुरुङको अग्रता

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ । उपसभापतिमा धनराज गुरुङले अग्रता लिएका छन् ।

अहिलेसम्म जम्मा १३ सय मत गनिसक्दा गुरुङले ५४३ मत पाएका छन् भने पूर्णबहादुर खड्काले ५०१ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले ४७२ मत पाएका छन् विजयकुमार गच्छदारले ४५४ मत पाएका छन् ।

कांग्रेस महामन्त्रीको मतगणना भोली बिहीबार बिहान ८ बजेदेखि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *