कांग्रेस मतगणना : ६ सय मत गनिसक्दा उपसभापतिमा गुरुङको अग्रता

काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापतिका लागि मतगणना जारी छ । उपसभापतिमा धनराज गुरुङले अग्रता लिएका छन् ।

अहिलेसम्म जम्मा ६ सय मत गनिसक्दा गुरुङले २५८ मत प्राप्त गरेका छन् भने उपसभापतिकै अर्का उम्मेदवार पूर्णबहादुर खड्काले २४६ मत पाएका छन् । विजयकुमार गच्छदारले पनि २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।

यसैगरी सुजाता कोइरालाले ५८ मत पाएकी छन् र महेश आचार्यले २५ मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *