उपसभापतिको मतगणना सुरु, १० बजेसम्ममा परिणाम आइसक्ने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा बुधबार बेलुकी ६ बजेदेखि मतगणना सुरु भएको हो ।

तीन ठाउँमा मतगणना सुरु भएको र राति १० बजेसम्म परिणाम आइसक्ने गरी गणना थालिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिमा महेश आचार्य, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्येश्वरी शाह उम्मेदवार छन् । खड्का र गच्छदार देउवा प्यानलका उम्मेदवार हुन् भने भण्डारी र गुरुङ शेखर कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै, प्रकाशमान सिंह प्यानलबाट कोइराला र विमलेन्द्र निधि प्यानलबाट शाह उम्मेदवार छन् । महेश आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *