रामचन्द्रलाई गुरुराजको कटाक्ष: म्याराडाेनाले दर्शकदिर्घाबाट टुलुटुलु हेर्नुभयाे

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले १४औं महाधिवेशनमा मौन बस्ने रामचन्द्र पौडेलको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्न काठमाडाैँमा आयाेजना गरिएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै गुरुले यस्ताे बताएका हुन् ।

उनले निर्वाचनमा आफू पक्षका नेता डा. शेखर कोइरालाको पक्षमा नलागेर र आफ्नै समूहलाई अलपत्र छोडेर दर्शकदिर्घामा बसेको भन्दै पौडेलको निर्णयप्रति आपत्ति जनाएका हुन् । ‘हामीले पेले र म्याराडोनालाई दर्शक दिर्घामा राख्न चाहेका थियौँ । तर एकजना पेले त मैदानमै उत्रनुभयो, अर्का म्याराडोना भने आफ्नै समूहलाई अलपत्र पारेर दर्शकदिर्घाबाट टुलुटुलु हेर्नुभयो ।’

घिमिरेले १४औं महाधिवेशनमा पार्टीमा रुपान्तरणको साटो अहिलेकै बेथितिलाई अनुमोदन गरिएको टिप्पणी पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *