भागबन्डा र गुटबन्दीमा नलागी नयाँ ढंगले राजनीतिक यात्रा शुरू गर्छु : शेखर

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् जारी १४औं महाधिवेशनमा सभापति पदको निर्वाचनमा पराजित डा. शेखर कोइरालाले आफूले हार सहर्ष रूपमा स्वीकारेको बताएका छन् । बुधबार महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापतिको निर्वाचनमा पराजित भएकोमा कुनै कुण्ठा नभएकाे भन्दै पार्टी रुपान्तरणका लागि लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।

उनले अब भागबण्डामा नलाग्ने  र गुटबन्दि पनि नगर्ने भन्दै पार्टीमा राम्रो काम गरेर आवश्यकता महसुस गर्ने पनि बताए । आफू र आफ्नो पक्षका नेताहरु अब पार्टी कार्यकर्ता र नागरिकका घरघरमा पुग्ने र पार्टीभित्र हुने गलत काममा सँधै खबरदारी गरिरहने पनि कोइरालाले बताए ।
आफू र आफ्नो टिमले उठाएका मुद्दाहरूको जित भएको र ती मुद्दाहरू कांग्रेस कार्यकर्ताले अनुमोदन गरेको दाबी गर्दै कोइरालाले आफुलाई सहयोग नगर्ने कुनै नेताप्रति पनि कुनै टिप्पणी नगर्ने बताए ।

यस्तै उनले नयाँ ढंगले राजनीतिक यात्रा शुरू गर्ने पनि बताएका छन् । १५औं महाधिवेशन सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै शेखरले भने, ‘अब नयाँ ढंगले राजनीतिक यात्रा शुरू गर्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *