कांग्रेस मतगणना:

आज उपसभापतिकाे मात्रै, महामन्त्रीकाे भाेलि

काठमाडाैँ । नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनअन्तर्गत पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मकाे पदमा मतदान भइसकेकाे छ । यसमा सभापतिकाे टुङ्गाे लागिसकेकाे छ । सभापतिमा पुन: शेरबहादुर देउवा दाेहाेरिएका छन् ।

अब आजदेखि अन्य पदाधिकारीहरूसँगै क्रमश: मतगणना हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ । समितिकाअनुसार आज अपराह्न ४ बजेबाट उपसभापति पदकाे मतगणना हुनेछ ।

२ जना केन्द्रीय उपसभापतिका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता काेइरालाले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । यी ७ उम्मेदवारहरूबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् ।

समितिकाअनुसार आज उपसभापति पदकाे मात्रै मतगणना हुनेछ । महामन्त्रीकाे भाेलि गणना हुने समितिले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *