देउवालाई गगनको बधाई, थिति र विधिमा जोड दिन आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत देउवालाई बधाई दिँदै थापाले समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने उल्लेख गरेका छन् । देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

थापाले लेखेका छन्, ‘आदरणीय शेरबहादुर देउवाज्यू, पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु । समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ ।’

प्रधान मन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनका प्रत्यासी शेखर कोइरालालाई दोस्रो चरणको निर्वाचनमा आठ सय ७८ मतले पराजित गर्दै दोस्रो पटक सभापति बनेका हुन्  ।

निर्वाचनमा थापा कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार छन् । सभापति बाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना भने अझै सुरु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *