देउवालाई पौडेलको आग्रह:

‘कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउनुस्’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संविधान र लोकतन्त्रविरुद्ध बनिरहेको प्रपञ्चलाई चिर्न आग्रह गरेका छन् । जारी १४औं महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिएका देउवालाई शुभकामना दिँदै पौडेलले भनेका छन्, ‘सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छ । यसलाई चिर्नका लागि नेपाली कांग्रेसको सुदृढ एकता आवश्यकता छ ।’

यी विषयहरूमा सभापतिको ध्यान पुग्नुपर्ने पौडेलको भनाइ छ । ‘सबैलाई समेटेर सशक्त र कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस्,’ पाैडेलले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *