दोस्रो चरणमा शेखरले थपे १५३ मत, तर हार टार्न सकेनन्

काठमाडौँ । नेपाली कांग्रेस सभापतिका लागि भएको दोस्रो चरणको चुनावमा पराजित भए पनि शेखर कोइरालाले मत भने बढी पाएका छन् । उनले पहिलो चरणमा भन्दा दोस्रो चरणमा १५३ मत बढी पाएका हुन् ।

दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् । ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी कोइरालाले १ हजार ८ सय ५५ मत पाए । ३५ मत बदर भयो ।

पहिलो चरणको निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका उम्मेदवार थिए । ४ हजार ६ सय ७९ मत खसेकाका देउवाले २ हजार २ सय ५८, कोइरालाले १ हजार ७ सय २, सिंहले ३ सय ७१, निधिले २ सय ५० र गुरुङले २२ मत ल्याएका थिए । ७६ मत बदर भएको थियो ।

दोस्रो चरणमा १५३ मत थपे पनि शेखरले हार भने टार्न सकेनन् । यो चरणको चुनावमा सिंह, निधी र गुरुङले देउवालाई समर्थन गर्दा देउवाको सहज जित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *