कांग्रेस महाधिवेशन

सुरु हुँदै पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना

काठमाडाैँ । नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत भएको मतदानमा आजदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना सुरु हुने भएको छ । सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको हो ।

यसअघि आजै बिहान सकिएको मतगणनामा हाल पाँचौंपटक प्रधान मन्त्री रहेका शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए । कुल ४६ सय २३ मत खसेकोमा २७२४ मत देउवाले पाए । कोइरालाले १८१७ पाए । ३३ मत बदर भयो ।

यो पनि : देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने उनले जानकारी दिए । महाधिवेशन गत २४ गतेबाट सुरु भएको हो ।

सोमबार भएको मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *