कुर्सीमा शेरबहादुर, सिँढीमा शेखर

काठमाडाैँ । नेपाली कांग्रेसकाे सभापति चयनका लागि दाेस्राे चरणकाे मतदान जारी छ । काठमाडाैँकाे राष्ट्रिय सभागृहमा जारी मतदानपछि कांग्रेसले आफ्नाे सभापति पाउनेछ ।

उम्मेदवारद्वय शेरबहादुर देउवा र डा. शेखर काेइराला पनि मतदानस्थलमै छन् । उनीहरूले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् । मतदानस्थलमा देउवाका लागि कुर्सीकाे व्यवस्था गरिएकाे छ भने शेखरले भने सिँढीमा उभिएर मत मागिरहेका छन् ।

पहिलाे चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिकाअनुसार खसेको ४,६७९ मध्ये ७६ मत बदर भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *