दाेस्राे चरणमा मेराे जित निश्चित छ : शेखर
२०७८ मंसिर २८ गते

काठमाडाैँ । नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत सभापतिका लागि भएकाे पहिलाे चरणकाे निर्वाचनमा शेरबहादुर देउवालाई चुनाैती दिएका अर्का प्रत्याशी डा. शेखर काेइरालाले दाेस्राे चरणमा आफ्नाे जित सुनिश्चित भएकाे बताएका छन् । मंगलबार दिउँसाे पत्रकार सम्मेलन गर्दै शेखरले यस्ताे बताएका हुन् । ‘दाेस्राे चरणमा मेराे जित सुनिश्चित छ,’ शेखरले सम्मेलनमा भने, ‘पहिलाे चरणमा मतदान गर्नुहुने सबै प्रतिनिधि साथीहरूप्रति आभारी छु ।’
साेमबार भएकाे सभापतिकाे मतदानमा देउवाले २२५८ मत ल्याउँदा शेखरले १७०२ मत ल्याएका थिए । पहिलाे चरणबाटै सभापतिकाे प्रतिस्पर्धाबाट बाहिरिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताइसकेका छन् । यसाे हुँदा पनि मतदानमा भने जाने नै निष्कर्ष शेखर पक्षकाे छ ।
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








