सभापति बाहेक अन्य पदका ८४ वटा मत पेटिका सानेपा लगिंदै (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

पहिलो चरणमा सभापतिको मतगणना राष्ट्रिय सभा गृह मै शुरु गर्ने तयारी भइरहेको हो ।

राती साढे ११ बजे मतदान सकिएपछि मतगणना थाल्ने आवश्यक तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । अहिले मतगणना स्थलमा सीसीटीभी राख्ने तयारी भइरहेको छ । मतदानस्थलमा पाँचवटा सीसीटीभी राख्ने काम भइरहेको हो ।

यसैबीच सभापति बाहेक अन्य पदका लागि भएको मतदानका मतपत्र राखेका ड्रमहरु पार्टी केन्द्रिय कार्यालय सानेपामा लैजाने तयारी पनि भइरहेको छ ।

सभापति बाहेकका पदका मतपत्र रहेका ८४ वटा ड्रम १५ गाडीमा हालेर सानेपा लैजान लागिएको हो । सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिसहित मतपत्र राखेका ड्रम लैजान लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *