कांग्रेस महाधिवेशन: सभापतिमा पहिलो चरणमै जित्न २३ सय ४० मत चाहिने

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ सभापतिमा पहिलो चरणमै विजयी हुन २३ सय ४० मत प्राप्त गर्नुपर्ने भएको छ । कुल ४६ सय ८१ मत खसेकोमा पहिलो चरणमै विजयी हुन २३४० मत आवश्यक पर्ने भएको हो ।

सभापतिका उम्मेदवार कसैले पनि कम्तिमा २३४० मत ल्याउन नसके बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । यस्तो अवस्था आएमा भोलि नै दोस्रो चरणको मतदान गर्ने निर्वाचन समितिको तयारी छ ।

मतदान सकिएपछिका प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको पनि समितिले जनाएको छ । कांग्रेसको विधानमा सभापतिले खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने उल्लेख गरिएको छ ।

 

सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने विधान रहेका कारण सभापतिको गणना गर्ने तयारी गरिएको समितिले जनाएको छ । कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएमा सबैभन्दा बढी मत ल्याउने २ जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

 

पहिलो चरणमा कसैले ५० प्रतिशत नकटाए मंगलबार पुनः दोस्रो चरणको मतदान गर्ने तयारी छ ।

सभापतिको नतिजा टुंग्याएपछि मात्रै पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुने र मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने समितिले जनाएको छ । सबै पदको अन्तिम परिणाम आउन कम्तीमा १ साता लाग्ने पनि निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =