कांग्रेस निर्वाचन : सकियो मतपत्र‚ रोकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया अवरुद्ध भएको छ । मतपत्र सकिएपछि मतदान प्रक्रिया अवरुद्ध बनेको हो । नेता देवराज चालिसेकाअनुसार मतपत्र सकिएपछि मतदान रोकिएको छ ।

उनकाअनुसार मतपत्र मतदानस्थलमा ल्याउने काम भइरहेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार अहिलेसम्म २८ सय मत खसिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *