देउवाको समर्थनमा देउडा [भिडिओ]

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्रधान मन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समर्थक कार्यकर्ताले उनको समर्थनमा देउडा गीत गाएका छन् ।

काठमाडौँको भृकुटीमण्डप र सभागृहमा जारी निर्वाचनमा सभापति देउवाका समर्थकले प्रचारप्रसारका क्रममा सडकमा फालिएका कागज टिप्दै उनको समर्थनमा देउडा गीत गाएका हुन् ।

‘देउवाले भनेकाे सत्य हुन्छ; जनताकाे भलाइमा काम गर्छन्; कुनै छलकपट छैन र साँचाे बाेल्छन्’ लगायतका टुक्का जोडी देउडा गीत गाइएको हो ।

आरआर क्याम्पसका नेपाल विद्यार्थी संघका सभापतिसमेत रहेका बैतडीका अशोक विष्टले टुक्कामै ‘दार्चुला, बैतडी, हाम्राे डाेटी डडेलधरा, सबै हुन्छन् पूरा, देउवाले भनेका कुरा’ भन्दै सबैसँग स्वर मिलाएर देउडा गाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *