कांग्रेस निर्वाचन : मतदानकाे समय राति ९ बजेसम्म

काठमाडाैँ । नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा मतदान जारी छ । बिहान पाैने १२ बजेबाट शुरू भएकाे मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा छन् । कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिकाअनुसार ४ घन्टामा एकतिहाइ मत खसेकाे छ ।

यस्तै प्रतिनिधिहरूले राति ९ बजेसम्म मतदान गर्न पाउनेछन् । समितिले जारी गरेकाे सूचनाअनुसार राति ९ बजेसम्म मतदान समय छुटाइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *