यदि होइन‚ मेरै नेतृत्वमा आउँदैछ कांग्रेस : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिको उम्मेदवार शेखर कोइरालाले अबको कांग्रेस आफ्नै नेतृत्वमा आउने दाबी गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डप र सभागृहमा जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा मतदान गर्न जानुअघि पत्रकारसँग कुरा गर्दै कोइरालाले आफ्नो सरकार आउनेमा कुनै शंका नभएको बताएका हुन् ।

‘यदि कांग्रेसमा तपाईँको नेतृत्व आएमा कस्तो कांग्रेस बन्ला’ भनी गरिएको प्रश्नमा कोइरालाले भने‚ ‘यदि होइन‚ मेरै नेतृत्वमा आउँदैछ कांग्रेस ।’

आफूहरूले गतिशील र ऊर्जावान कांग्रेस बनाउन चाहेको भन्दै उनले भने‚ ‘हामी गतिशील‚ ऊर्जावान र विधिसम्मत हुने कांग्रेस बनाउन चाहन्छौँ । सँगसँगै बाँकीलाई उत्तरदायी बनाउने‚ नेतृत्वलाई जवाफदेही बनाउने र पारदर्शी निर्णयहरू गर्ने काम हामी गर्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *