निर्वाचन आचारसंहिताविपरीत लाइनमै भोट माग्दै देउवा

काठमाडौँ । प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आचार संहिताविपरीत मतदानका लागि लाइनमा बसेका मतदाताहरूसँग भोट मागेका छन् ।

काठमाडौँस्थित सभागृह र भृकुटीमण्डपमा जारी कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन लाइनमा बसेका निर्वाचन प्रतिनिधिसँग सभापति देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गरी भोट मागेका हुन् ।

आफूले मतदान गरिसकेपछि उनी पुन: फर्किएर मत माग्न लाइन भएको स्थानमा आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *