पत्रकारलाई मतदानस्थलमा गरिएको दुर्व्यवहारप्रति महासंघको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरी र निर्वाचन समिति सदस्यहरूले दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

तोकिएको समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको मतदानको तस्बिर खिच्न गएका पत्रकाहरूलाई मतदानस्थलमा खटिएका प्रहरी र निर्वाचन समिति सदस्यहरूले भित्र जान नदिएको भन्दै उक्त घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

समाचार संकलनका लागि गएका पत्रकारलाई सहज वातावरण सिर्जना गराउनुपर्नेमा यस्ता व्यवहार र व्यवधान हुनु आफैँमा निन्दनीय भएको भन्दै महासंघले  पत्रकारलाई निर्वाध रुपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउनका लागि समेत सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *