प्रदर्शनीमार्गमा कांग्रेसको ‘फोहोर प्रदर्शन’ (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ । काठमाडौँस्थित सभागृह र भृकुटीमण्डपमा भइरहेको निर्वाचनको रौनकले त्यहाँ वरिपरिको वातावरणलाई प्रभाव त पार्ने नै भयो ।

अरु बेलाको महाधिवेशनजस्तै यो महाधिवेशनमा पनि सडक‚ चौरभरि पर्चा‚ प्लास्टिकजन्य पदार्थका फोहोरका डङ्गुरले सभागृह क्षेत्र भरिएको छ ।

विभिन्न पदमा उठेका उम्मेदवारहरूका समर्थकले आफ्ना नेतालाई जिताउनका लागि पर्चा बाँढिरहेका छन् भने त्यसरी बाँडिएका पर्चाहरू सडकमै मिल्किने गरेका छन् । त्यस्तै खाना खाइसकेपछि जथाभावी मिल्काइएका प्लास्टिकजन्य फोहोरले त्यो क्षेत्र झनै प्रदूषित बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *