यस्तो जटिल मतदान प्रक्रिया दुनियाँमा अन्त कतै छैन : गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले यस्तो जटिल मतदान प्रक्रिया दुनियामा अन्त नभएको बताएका छन् ।

काठमाडौँस्थित सभागृहमा भइरहेको १४औँ महाधिवेशनमा मतदान गरेर निस्किएपछि नेता गच्छदारले मतदान प्रक्रिया जटिल भएको भन्दै दुनियामा अन्त कतै यस्तो जटिल मतदान प्रक्रिया नभएको बताएका हुन् ।

उनले जातीय प्रतिनिधित्वलाई मध्यनजर गर्दै संविधानअनुरुप विधान परिवर्तन गरिएको हुँदा पनि प्रक्रिया जटिल भएको बताए।

‘नयाँ प्रयोग भएकाले मतदान गर्न लामो समय लाग्यो‚’ उनले भने‚ ‘उम्मेदवारको सम्पूर्ण विवरण कण्ठस्त हुँदा समेत म आफैँलाई करिब ५० मिनेट लाग्यो ।’

यस्तो अवस्थामा गाउँबाट चुनिएर आएका निर्वाचन प्रतिनिधिहरूलाई समस्या हुने बताउँदै सम्पूर्ण मतदान गरिसक्दा एक जनालाई एक-डेढ घण्टा लाग्ने उनले बताए ।

गच्छदारले मतपेटिका धेरै भएकाले रातिसम्ममा मतदान गरी सकिने विश्वास गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *