कांग्रेस महाधिवेशन : ३८० मत खस्यो

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा सोमबार दिउँसो १:३० बजेसम्म  ३८० मत खसेको छ । राष्ट्रिय सभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० गरी ३८०  मत खसेको निर्वाचन समितिले जनाएको छ ।
 
दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका प्रत्यासीहरू शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान गरिसकेका छन् ।
यस्तै उपसभापतिका उम्मेदवारहरू विजयकुमार गच्छदार र सुजाता कोइरालासहित नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, बालकृष्ण खाड, उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् । एकैपटक धेरै जनाले मतदान गर्न सकुन् भनेर तीन  ठाउँमा मतदान स्थल बनाइएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *