पार्टी सभापति र प्रधान मन्त्री फरक फरक व्यक्ति हुँदा द्वन्द्व हुनसक्छ : खाण
२०७८ मंसिर २७ गते

काठमाडौँ । कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले सभापति र प्रधान मन्त्री फरक फरक व्यक्ति हुँदा पार्टीभित्र द्वन्द्व सिजर्ना हुन सक्ने बताएका छन् । खाणले सोमबार कांग्रेस महाधिवेशन मतदान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भएमा दुई वटा शक्ति केन्द्र स्थापना हुन्छ, त्यो द्वन्द्वले सरकारलाई पनि पार्टीलाई पनि असर पर्छ’ उनले भने, ‘अहिलेको अवस्थामा शेरबहादुर देउवालाई नै सभापतिमा निर्वाचित गर्न सक्यौँ भने पार्टीभित्रको शक्ति सन्तुलन पनि मिल्छ, पार्टी एकता पनि हुन्छ, अन्य राजनीतिक दलको भरोसा र विश्वासमा यही सरकारले आउने निर्वाचनहरू पनि सम्पन्न गर्छ ।’
२०७८ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








