पहिलो चरणमै म जित्छु, नजिते दोस्रो चरणमा नेतृत्व परिवर्तन हुन्छ : प्रकाशमान

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार प्रकाशमान सिंहले पहिलो चरणबाटै आफू विजयी हुने दाबी गरेका छन् ।

मतदानस्थलमा पत्रकारहरूसँग सिंहले पहिलो चरणबाटै आफू विजयी हुने गरी अघि बढेको बताए ।

पहिलो चरणमा कसैको बहुमत नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले यो महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए । यदि निर्वाचन दोस्रो चरणमा गयो भने नेतृत्व परिवर्तन हुने उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *