निर्वाचन अधिकृतले माफी मागेपछि पत्रकारको धर्ना रोकियो

काठमाडौँ । कांग्रेस महाधिवेशनस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित बनेको पत्रकारको धर्ना रोृकिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले मौखिक रुपमा माफी मागेपछि उनीहरुले क्यामरा डाउन हटाएका हुन् । अहिले उनीहरु काममा फर्किएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मीले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका थिए । देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच तनाव सृजना भएको हो ।

फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका थिए । कांग्रेसको १३४ आगामी केन्द्रीय कार्यसमिति सदस्यका लागि अहिले मतदान भइरहेको छ । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लवमा मतदान केन्द्र राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =