प्रहरीले दुर्व्यवहार गरेकाे भन्दै कांग्रेस मतदान स्थलमा पत्रकारको धर्ना
२०७८ मंसिर २७ गते

काठमाडौँ । कांग्रेस महाधिवेशन मतदान स्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरू प्रदर्शनमा उत्रिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा मतदान स्थलमा आउँदा फोटो खिच्ने क्रममा पत्रकारहरूमाथि प्रहरीले दुर्व्यवहार गरेका बताएका छन् ।
उनीहरूले पत्रकारमाथि दुर्व्यवहार गर्ने डिएसपीले माफी नमागेसम्म धर्ना जारी राख्ने बताएका छन् । फोटो पत्रकार निशा भण्डारी, शिला तिमल्सिनामाथि महिला प्रहरीले हातपात गरेको र अन्य पुरुष पत्रकारहरूमाथि पनि डिएसपीले दुर्व्यवहार गरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
२०७८ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








