कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजे नै मतदान गर्ने कार्य तालिका भए पनि मतपत्र समय नछापिएको भन्दै ढिलो गरी सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्य तालिका छ ।

भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरूमा आज बिहानैदेखि भोट खसाल्न प्रतिनिधिहरू लामबद्ध भएका छन् । लाइनमा बसेका मतदाताहरूलाई उम्मेदवारहरूले मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *