कांग्रेस महाधिवेशन:

अझै शुरू भएन मतदान, बिहानैदेखि लाइनमा प्रतिनिधिहरू (तस्बिरहरू)

काठमाडाैँ । नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनकाे बन्दसत्रअन्तर्गत नेतृत्व चयनका लागि  मतदान अझै हुन सकेकाे छैन । बिहान ८ बजेदेखि शुरू हुने भनिएकाे मतदान अझै शुरू हुन नसकेकाे हाे ।

साढे ७ बजेदेखि नै प्रतिनिधिहरू मतदानकाे लाइनमा छन्, तर मतदान शुरू हुन सकेकाे छैन । उम्मेदवारहरू प्रतिनिधिहरूकहाँ आउने र मत माग्ने क्रम जारी छ ।

सभापतिका उम्मेदवारद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, महामन्त्रीका उम्मेदवारहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मासँगै अन्य केन्द्रीय सदस्यका प्रत्याशीहरूले प्रतिनिधिहरूलाई भेटेर मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *