कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ तर गठबन्धन कायम रहन्छ : शेखर
२०७८ मंसिर २६ गते

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिएका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्व परितर्वन हुने ठोकुवा गरेका छन् । आइतबार साँझ अनुपम फूडल्यान्डमा पत्रकार सम्मेलन गर्दै शेखरले भने, ‘नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ ।’
उनले तर सरकार निरन्तर रहने भन्दै यहि गठबन्धनलाई चुनाबसम्म अघि बढाउने दाबी पनि गरे । सभापति शेरबहादुर देउवाले आफूले हारे सरकार परिवर्तन हुन्छ भनेर गलत कुरा गरेको भन्दै कोइरालाले यहि गठबन्धनलाई अघि बढाउने बताएका हुन् । यस्तै शेखरले आफूहरूको प्रतिस्पर्धा स्वस्थ प्रतिस्पर्धा रहेको जिकिर गरे ।
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








