देउवाकाे खाना प्रतिनिधिहरूसँग मेसमै !

काठमाडौँ । प्रधान मन्त्रीसमेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार बिहानको खाना प्रतिनिधिहरूसँग महाधिवेशनस्थल भृकुटीमण्डपमै खाए । जारी पार्टीको १४औं महाधिवेशनबाट पुनः दोहोरिने मनसायमा रहेका उनले प्रतिनिधिहरूसँग बाक्लो जमघटसमेत गरिरहेका छन् ।

बिहानको खाना उनले प्रतिनिधिहरूसँग लाइनमै बसेर पस्किए र खाए । त्यसक्रममा उनले प्रतिनिधिहरूसँग काठमाडौँ बसाइको बारेमा सोधेका थिए । बिहान सबेरै लैनचौरमा आयोजित एक कार्यक्रममा प्रतिनिधिहरूसँग ‘मलाई जिताइदिनुस्, नत्र भने मलाई प्रधान मन्त्रीबाट हटाउँछन्’ भनेर याचना गरेर हिँडेका उनले भृकुटीमण्डप आएर पनि निरन्तर प्रतिनिधिहरूसँग परामर्श गरिरहेका छन् ।

देउवाले प्रतिनिधिहरूलाई चिसो बढेको र कोरोनाभाइरसको नयाँ प्रजाति देखिएकाले सतर्क रहन आग्रहसमेत गरेका थिए । पहिल्यैदेखि सभापतिमा आफू दोहोरिनुपर्ने बताउँदै आएका उनले २४ गतेको खुलासत्रको मञ्चबाट समेत आफूलाई जिताउन आग्रह गरेका थिए ।

देउवाकाे प्रतिनिधिहरूसँगको याे सामीप्यतालाई भाेलि हुने आन्तरिक चुनावसँग जाेडेर हेरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *