मत माग्ने आफ्नै शैली : नाच्दै‚ गाउँदै‚ बजाउँदै (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा आफ्ना नेताहरूका लागि कार्यकर्ताहरूले मत मागिरहेका छन् ।

काठमाडौँस्थित सभागृह वरिपरि झुण्ड झुण्डमा आएका कार्यकर्ताहरूले आफ्ना पक्षका नेताहरूका लागि फरक फरक शैलीमा मत मागेका छन् ।

कसैले बाजा बजाएर आफूपक्षीय नेतालाई जिताउनका लागि प्रतिनिधिहरूसँग अनुरोध गरिरहेका छन् भने कसैले नाच्दै‚ गाउँदै मत मागिरहेका छन् ।

कोही भने आ-आफ्नो झुण्डमा नारा लगाउँदै मत मागिरहेका छन् । कोही भने घाँटीमा आफ्ना नेताहरूको तस्बिर झुन्ड्याउँदै भोट मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *