देउवाको डर- ‘जितिनँ भने प्रधान मन्त्रीबाट हटाउँछन्’

काठमाडौँ । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई जिताइदिन आग्रह गरेका छन् । ‘मैले हारेँ भने मलाई प्रधान मन्त्री बाट हटाउँछन्,’ लैनचौरको एक बैंक्वेटमा आयोजित कार्यक्रममा देउवाकाे याचना थियाे ।

यसकै लागि भएपनि महाधिवेशन प्रतिनिधिहरूले आफूलाई भोट दिनपर्ने उनको भनाइ थियो । ‘त्यसैले मैले जित्नैपर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् । त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला,’ देउवाले भनेका छन् ।

देउवाले कांग्रेसलाई सबैको पार्टी बनाउनुपर्ने पनि बताए । ‘कांग्रेसलाई सबैको पार्टी बनाउनुपर्छ,’ आदिवासी जनजाति प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले थपे, ‘कांग्रेस सबैको हो । प्रजातन्त्र आजको जरुरी कुरा हो । कांग्रेसभित्र प्रजातन्त्र छ । तपाईंहरूलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरूलाई थाहै छ ।’

देउवाले यसअघि गत २४ गते भएको उद्घाटन सत्रको मञ्चबाटै आफूलाई जिताइदिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *