यस्ताे बन्दैछ कांग्रेस मतदान स्थल (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ ।  शुक्रबारदेखि सुरु भएको महाधिवेशनको दोस्रो दिन उम्मेदवारी दर्ता सकिएको छ । कांग्रेस नेतृत्वका लागि ६ जना नेताहरूले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार साँझ ५ बजेसम्म सभापतिसहित अन्य पदाधिकारीहरूमा एकाधबाहेक अधिकांशले प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् ।  भोलि बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

यस्तै सोमबार बिहान ८ बजेदेखि नेतृत्व चयनका लागि मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अहिले धमाधम मतदानस्थल बनाइँदै छ ।  देशभरबाट आएका ४,४४३ महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *