म सभापतिको रिङबाट बाहिरिएँ : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवार नबन्ने बताएका छन् । उनले आफ्नै निवास पुगेका नेताहरुसँगको छलफलपछि सभापतिको उम्मेदवार नबन्ने बताएका हुन् ।

सञ्‍चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले आफू सभापतिको रिङबाट बाहिरिएको प्रतिक्रिया दिए । ‘मलाई साथीहरूले असहयोग गरे’ नेता पौडेलले भने, ‘अब म सभापतिको रिङबाट बाहिरिएँ । कांग्रेसको राजनीतिबाट बाहिरिएको होइन् ।’

पौडेलले यसअघि आफ्नो टिममा एकजनामात्रै उमेदवार हुनुपर्ने, जसको नाममा सहमति जुट्छ उसैलाई स्वीकार बताउँदै आएका थिए । तर अन्तिममा नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आ-आफ्नो अडान नछाडेपनि पौडेल पछि हटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *