रामचन्द्र पौडेल पक्षको बैठकस्थल बाहिर नाराबाजी
२०७८ मंसिर २४ गते

काठमाडौँ । साझा उम्मेदवार तय गर्न दबाब दिँदै रामचन्द्र पौडेल पक्षको बैठक भइरहेको अनुपम फुड ल्याण्डमा कार्यकर्ताले नाराबाजी गरेका छन् । शुक्रबार महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै कांग्रेसको संस्थापन इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ।
बैठक जारी रहे पनि नेताहरुबीच सहमति हुन नसकेको भन्दै इतर पक्षका महाधिवेशन प्रतिनिधिहरुले साझा उम्मेदवारका लागि दबाब दिँदै नाराबाजी गरेका हुन् ।
२०७८ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








