राजाले पनि नयाँ पार्टी खोले हुन्छ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको भन्दै पूर्वराजाले नयाँ पार्टी खोल्नु उचित हुने बताएका छन् ।

काठमाडौँस्थित भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सम्बोधन गर्दै नेपालले अब नेपालमा कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताएका हुन् ।

‘प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु‚ अब नदीको प्रवाह अगाडि बढिसकेको छ । यो फेरि पछाडि जान सक्दैन । त्यस हुनाले राजतन्त्रको कुनै भविष्य छैन‚ कुनै सम्भावना छैन । यस्तो दुस्साहस कसैले नगरौँ‚’ नेपालले भने‚ ‘राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटै वंशको शासन हामीलाई स्वीकार्य छैन ।’

यसअघिको सम्बोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूले जनताको विश्वास गुमाइसकेको भन्दै यसको विकल्प संवैधानिक राजतन्त्र भएको संकेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *