जनताले आजभोलि नेतालाई नेता होइन‚ चोर भन्छन् : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सुधार्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई शुभकामना सन्देश दिँदै उनले अहिले सरकार, संसद्‚ अदालत केही पनि हुनुपर्ने जस्तो नभएको भन्दै त्यसलाई ठिक लगाउन नेता नै ठिक हुनुपर्ने बताए ।

नेतालाई हेर्ने नागरिकको दृष्टिकोण अहिले सम्मानित नभएको भन्दै त्यसमा सुधार गर्नुपर्ने बताए । ‘अहिले नेतालाई नेता होइन‚ चोर भन्ने अवस्था छ‚’ उनले भने‚ ‘अब यसमा सुधार ल्याउनुपर्ने जिम्मेवारी नेताहरू र दलहरूको काँधमा आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *