जनताले नेतालाई चाेर भन्छन्, याे नेताकै कारण भयाे : लिङ्देन

सरकार सरकारजस्तो र अदालत अदालतजस्तो छैनन्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार सरकारजस्तो नभएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

मुलुकमा सरकारका विभिन्न अंग तथा संवैधानिक निकायहरू सक्कली नरहेको उनको भनाइ थियो । ‘यहाँ सरकार सरकारजस्तो भएन, संसद् संसद्जस्तो भएन,’ अध्यक्ष लिङ्देनले भने, ‘अदालत अदालतजस्तो छैन । यस्ता अ‌ंगहरूकाे सुधार आवश्यक छ । यसमा कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलाेस् ।’

यस्तै उनले राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थ र प्रवृत्तिमा सुधार ल्याउनुपर्ने बताए । आफ्नो गाउँको प्रसंग जोड्दै उनले भने, ‘मेरो गाउँमा कुनै पनि नेता आउँदैछन् भन्दा अथवा आयो रे भन्दा जनताहरूले कुन चाहिँ चोर आएछन् भन्छन् । यस्ताे समस्याकाे समाधान राजनीतिक दलहरूले गर्न जरुर आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *