त्रिविका पूर्वउपकुलपति खनियाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तिर्थराज खनियाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसको नेतृत्व तहमा बौद्धिक ब्यक्तिको उपस्थिती हुन आवश्यक रहेको भन्दै खनियाले उम्मेदवारी घोषणा गरेका हुन् । उनले कांग्रेसको नीति चिरफार गरि नयाँ बहश चलाउन, वर्तमान सन्दर्भमा अर्थ राजनीति चिरफार गर्न, कांग्रेसको शिक्षा नीति युगअनुकुलको तयार गर्न, युवा पुस्तालाई राजनीतिमा आकर्षित गरि जीवन्त पार्टी बनाउन पार्टीमा बौद्धिक समुह तयार गरि उनीहरुको ज्ञान सिप र क्षमता उपयोग गर्ने अभियान चलाउनलगायतका बुँदा सार्वजनिक गर्दै खनियाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

चितवनमा जन्मिएका र विद्यार्थी बेलादेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भएका खनिया चितवनबाट सांसदका उम्मेदवारको सूचीमा पनि परेका थिए । त्यसपछि उनले प्राध्यापकबाट राजिनामा दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =