कांग्रेस बैठक : पौडेल गएनन्, सहमहामन्त्री थप्ने देउवाको तयारी
२०७८ मंसिर २३ गते

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार छान्ने कसरत गरिरहेका नेता पौडेल बैठकमा अनुपस्थित भएका हुन् ।
प्रधान मन्त्रीसमेत रहेका बहालवाला सभापति शेरबहादुर देउवाले भने सहमहामन्त्री पद थप्ने तयारी गरेका छन् । आकांक्षी धेरै भएपछि देउवाले सहमहामन्त्री पद थप्ने तयारी गरेको एक नेताले बताए ।
अहिले कांग्रेसमा ८ सहमहामन्त्री हुने व्यवस्था छ । अब खुला २ जना सहमहामन्त्री थपेर १० पुर्याउने तयारी भइरहेको बताइएको छ । देउवाले यो प्रस्ताव बैठकमा पेस गर्ने छन् । तर, पौडेल पक्षले भने यसको विरोध गरेको छ ।
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








