सहमतिको आधारमा नेतृत्व चुन्छौँ : देउवा

काठमाडौँ । प्रधान मन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । नेता डा. प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन गर्दै देउवाले पार्टीको १४औँ महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका हुन् ।

सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उनले बताए । ‘भोलिदेखि हाम्रो पार्टीको महाधिवेशन शुरु भइरहेको छ । नेपाली काँग्रेसका लागि पार्टीको यो महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ,’ देउवाले भने, ‘हामी भरसक सहमतिका साथ जान्छौ, केही लागेन भने प्रजातान्त्रिक तरिकाले अधिवेशनमा प्रतिस्पर्धा पनि होला ।’

उनले प्रतिस्पर्धामा स्वाभाविक रूपमा जित हार हुने भएपनि त्यसलाई सामान्य रूपमा लिनुपर्ने प्रधान मन्त्री देउवाको भनाई छ । ‘प्रतिस्पर्धाबाट जीत हार हुन्छ । यसमा जित्नेले हार्नेको सहयोग र हार्नेले जित्नेको सहयोग लिने सामान्य प्रक्रियाका रूपमा लिनुपर्छ ।’

कार्यक्रममा देउवाले कांग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गरेका थिए । यो पुस्तक डा. महतले नेपाली त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रको संशोधित रूप हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *