कांग्रेस महाधिवेशन : यस्तो छ खानाको मेनु (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदैछ । भृकुटी मण्डपमा हुने महाधिवेशनमा देशभरबाट हजारौँको सङ्ख्यामा कांग्रेस प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी लगायतको सहभागिता रहने छ ।

यस्तै महाधिवेशन अवधिका लागि  प्रत्येक दिन स्वाद नदोहोरिने गरी खानाको मेनु तयार भएको छ । खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् । खाना खुवाउने व्यवस्था उद्घाटन स्थलको बायाँतर्फ रहेको पार्कमा हुनेछ । यसका लागि २० देखि ३० वटासम्म स्टल राख्ने तयारी भइरहेको छ ।

स्टलमा मांसाहारी र शाकाहारी खानाका लागि छुट्टाछुट्टै स्टल रहनेछन् । त्यसका लागि एक सय ६० जनशक्तिले दुई सिफ्टमा काम गर्नेछन् । अनुपम फुडल्यान्डका अपरेसन म्यानेजर विष्टका अनुसार व्यवस्थापनका लागि दियालोका देशभरका चार आउटलेट र अनुपमका जनशक्ति खटाइनेछ ।

महाधिवेशनको खाना मेनु

 २४ मंसिर (उद्घाटनको दिन)

डिनर 

जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

 २५ मंसिर

ब्रेकफास्ट : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
लन्च : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही ।
डिनर : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।

 २६ मंंसिर

बे्रकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी ।
लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।

२७ मंसिर

ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया, कफी
लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स
दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही
डिनर : जिरा राइस,  चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

कति बजे के ?

ब्रेकफास्ट

७ बजेदेखि १० बजेसम्म

लन्च

११ देखि २ बजेसम्म

डिनर

६ देखि ८ बजेसम्म

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *