सिटौलाले डाके आफू पक्षीय भेला

काठमाडौँ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । भोलिदेखि शुरु हुने १४औँ महाधिवेशनको तयारी तथा आफ्नो पक्षको लाइन क्लियर गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।

केन्द्रीय सदस्य उमाकान्त चौधरीका अनुसार दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्नेछ । बैठकमा सिटौला पक्षका सबै नेता उपस्थित हुने जनाइएको छ । यसअघि बुधबार सिटौला निवासमा बसेको बैठकले सभापतिमा आफै उठ्ने वा कुनै समूहलाई सघाउनेबारे निर्णय गर्ने अधिकार सिटौलालाई दिने निर्णय गरेको थियो ।

बुधबारै वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलालाई भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनी पक्षका अधिकांश भने सभापति शेरबहादुर देउवालाई सघाउनु पर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *